चक्रवात अर्नबलाई लिएर अमित शाहले चार राज्यका मुख्यमन्त्रीसँग गरे कुराकानी, हरसम्भव सहयोगको आश्वासन
केंद्रीय गृह मंत्री अमित शाह मंगलवार को बीम्सटेक गृह मंत्री स्तरीय बैठक को संबोधित करते हुए


नयाँ दिल्ली, २९ अक्टोबर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले बिहिवार शक्तिशाली चक्रवात अर्नबलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश, पुडुचेरी, ओडिशा र छत्तीसगढ़का मुख्यमन्त्रीहरूसँग कुराकानी गरेका छन्। उनले विपदबाट प्रभावित मानिसहरूको कठिनाइ कम गर्न केन्द्र सरकारका तर्फबाट हरसम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

अमित शाहले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राष्ट्रिय विपद मोचन बल (एनडीआरएफ) र राज्य विपद मोचन बल (एसडीआरएफ) का टोलीहरू सक्रिय भएको र युद्धस्तरमा उद्धार तथा राहत अभियान सञ्चालन गरिरहेको बताएका छन्। उनले चक्रवातबाट भएको क्षतिको आकलन गर्न तथा आगामी आवश्यक सहयोग निर्धारण गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोली (आईएमसीटी) चाँड़ै पठाइने जानकारी दिएका छन्।

शाहले विपदको यस घड़ीमा सरकार जनतासँग दृढ़तापूर्वक उभिएको र उनीहरूलाई राहत उपलब्ध गराउन पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताएका छन्। गृहमन्त्रीले प्रभावित राज्य तथा केन्द्रशासित प्रदेशलाई विपदका कारण जनताले भोग्नुपरेका कठिनाइ कम गर्न सरकारले हरसम्भव सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande