पञ्जाबको कानून व्यवस्थाबारे भाजपाको दाबी, पुलिस थानामाथि भइरहेका छन् आक्रमण
भाजपा राज्यसभा तरुण चुग


नयाँ दिल्ली, २९ अक्टोबर (हि.स.)। भाजपाका राष्ट्रिय कार्यालय प्रभारी तथा राज्यसभा सांसद तरुण चुगले पञ्जाबमा बिग्रँदो कानून व्यवस्थालाई लिएर मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारमाथि कड़ा प्रहार गरेका छन्। तरुण चुगले पञ्जाबमा कानून व्यवस्थाको अवस्था भयावह चरणबाट गुज्रिरहेको बताए। मुख्यमन्त्री स्वयं गृहमन्त्री समेत भए पनि उनलाई राज्यको चिन्ता नरहेको उनले आरोप लगाए।

भाजपा मुख्यालयमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा तरुण चुगले पञ्जाबका २३ वटा पुलिस थानामाथि ग्रेनेड आक्रमण भएको दाबी गरे। उनले रकेट लन्चरबाट पञ्जाब पुलिसको मुख्यालयमाथि पनि आक्रमण हुने गरेको बताए।

चुगले पुलिसको वर्दी र पुलिस थाना आम नागरिकको शान्तिका दुई प्रमुख आधार भएको उल्लेख गर्दै पञ्जाबमा पुलिस थानाहरूमाथि ग्रेनेड आक्रमण भइरहेको बताए। उनले प्रत्येक गाउँमा रहेका पुलिस थानाहरूमा टिनका पर्खाल र जाली लगाइँदै गरेको जानकारी दिए, ताकि कसैले भित्र ग्रेनेड फ्याँक्न नसकोस्। यसको अर्थ पञ्जाब पुलिसका थानाहरू आफैँ भयको वातावरणमा रहेको उनले बताए। वर्दी लगाएर घर जाने पुलिसकर्मीहरूलाई वर्दीमै घर नजान निर्देश दिँदै पत्र जारी गरिने गरेको पनि उनले बताए।

चुगले पुलिस अधिकारीहरूको हत्या गर्ने, उनीहरूका भीडियो सार्वजनिक गर्ने, ग्रेनेड फ्याँक्ने र त्यसको भीडियो सार्वजनिक गर्ने प्रवृत्ति सामान्य बन्दै गएको आरोप लगाए। उनले पञ्जाब सरकार माफिया सामू आत्मसमर्पण गरिसकेको दाबी गरे। उनले पञ्जाब अहिले पूर्ण रूपमा लागुऔषध माफियाको नियन्त्रणमा रहेको आरोप पनि लगाए। गल्ली-गल्ली, बस्ती-बस्ती र गाउँ-गाउँमा लागुऔषध बिक्री भइरहेको भन्दै त्यसलाई रोक्न र आपूर्ति सञ्जाल तोड्न भगवन्त मानको शासन, प्रशासन तथा सरकार पूर्ण रूपमा असफल भएको उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande