यूपीएससी अध्यक्षद्वारा राष्ट्रपतिलाई आयोगको ७६औँ वार्षिक प्रतिवेदन हस्तान्तरण
यूपीएससी के अध्यक्ष डॉ. अजय कुमार गुरुवार को आयोग के सदस्यों के साथ राष्ट्रपति द्रौपदी मुर्मु को आयोग की 76वीं वार्षिक रिपोर्ट सौंपते हुए


नयाँ दिल्ली, २९ अक्टोबर (हि.स.)। सङ्घ लोक सेवा आयोग (यूपीएससी) का अध्यक्ष डा. अजय कुमारले आयोगका सदस्यहरू सहित बिहिवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी आयोगको ७६औँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन्। यस अवसरमा आयोगको शतवार्षिकीका उपलक्ष्यमा जारी गरिएको स्मारक सिक्का र हुलाक टिकट पनि राष्ट्रपतिलाई उपहारस्वरूप प्रदान गरियो।

राष्ट्रपति भवनले सामाजिक सञ्जालको माध्यम ‘एक्स’ मा साझा गरेको जानकारी अनुसार, आयोगका अध्यक्षसँगै सदस्यहरू लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) राज शुक्ला, सुमन शर्मा, विद्युत बिहारी स्वैन, डा. दिनेश दासा, शील वर्धन सिंह, सञ्जय वर्मा, सुजाता चतुर्वेदी र अनुराधा प्रसाद पनि राष्ट्रपतिसँग भेट गर्न पुगेका थिए।

आयोगले यस वर्ष आफ्नो स्थापनाको १०० वर्ष पूरा गर्दैछ। यसको स्थापना साल १९२६ मा भएको थियो। यूपीएससीले भारतीय प्रशासनिक सेवा (आईएएस) र भारतीय पुलिस सेवा (आईपीएस) लगायत विभिन्न उच्च सिभिल सेवाहरूमा अधिकारीहरूको भर्तीका लागि प्रतियोगितात्मक परीक्षाहरू सञ्चालन गर्छ।

/ बिशाल


 rajesh pande