
इटानगर, 30 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशमा पछिल्लो एक दशकमा पर्यटन क्षेत्रको उल्लेखनीय विस्तार भएको छ। वर्ष 2010- को प्रारम्भिक वर्षमा एक लाखभन्दा कम पर्यटकहरूले राज्यको भ्रमण गरे भने वर्ष 2025- मा पर्यटकहरूको सङ्ख्या बढ़ेर 10 लाखभन्दा बढ़ी पुग्यो। मुख्यमन्त्री पेमा खाण्डुले शुक्रवार सोशल मिडिया पोस्ट मार्फत उक्त आशयको जानकारी दिए।
मुख्यमन्त्रीले भने, राज्यमा पर्यटकहरूको बढ्दो सङ्ख्याले अरुणाचल प्रदेशको पर्यटन क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको बढ्दो पहिचानलाई दर्शाउँछ।
भारत सरकारको पर्यटन मन्त्रालयसँगको सहकार्यमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्यटन मार्ट जस्ता मञ्चहरूले राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
खाण्डुले पर्यटनलाई प्रोत्साहित गर्नको लागि यस्ता मञ्चहरूको महत्त्वलाई रेखाङ्कित गर्दै भने, यसको माध्यमबाट अरुणाचल प्रदेशको पर्यटन गन्तव्य एवं सम्भावनाले व्यापक मान्यता पाएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा