असमका मुख्यमन्त्रीले वर्ष 2008 को श्रृङ्खलाबद्ध विस्फोटका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरे
The Illustration shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 30 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाल शुक्रवार 30 अक्टोबर, 2008 मा राज्यमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरे। उनले यस दिनलाई असमको इतिहासको कालो अध्याय एवं गहिरो पीडाको दिन बताए।

मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, आतङ्ककारीहरूको बर्बर आक्रमणमा धेरैजना निर्दोषहरूको ज्यान गएको थियो भने अनगन्ती परिवारहरूको जीवन सदाका लागि परिवर्तन भएको थियो।

उनले यस दुःखद घटनामा ज्यान गुमाउने सबैलाई गहिरो श्रद्धाञ्जली अर्पण गरे। उनले आक्रमणमा घाइतेहरू तथा आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति गहिरो समवेदना पनि व्यक्त गरे।

मुख्यमन्त्रीले असममा शान्ति, सद्भाव तथा भाइचारा कायम राख्न आतङ्कवादविरुद्ध राज्य सरकारको कड़ा कदम निरन्तर जारी रहने बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande