
नालन्दा, 30 अक्टोबर (हि.स.)। शुक्रवार पटना जिल्लाको फतुहा थाना अन्तर्गत धोवा पुल नजिकै भएको सड़क दुर्घटनामा नालन्दाका बुवा र छोराको मृत्यु भयो।
द्रूत गतिको ट्रकको चपेटमा परेर बाइक सवार दुई बुवा-छोराको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको दीपनगर पुलिस थाना क्षेत्र अन्तर्गतको राणा बिघा गाउँका 55 वर्षीय अरविन्द कुमार र उनका 30 वर्षीय एक मात्र छोरा सोनू कुमारको रूपमा पहिचान भएको छ।
यस घटनापछि सम्पूर्ण गाउँ शोकमा डुबेको छ। परिवार रोएर बेहाल बएको छ। परिवार अनुसार अरविन्द कुमार आफ्नो छोरा सोनू कुमारको उपचार गराउन बाइकमा पटना गएका थिए। डाक्टरलाई भेटेपछि दुवैजना घर फर्किरहेका थिए। सोही समयमा विपरीत दिशाबाट आइरहेको द्रुत गतिको ट्रकले धोवा पुल नजिकै उनीहरूको बाइकलाई ठक्कर दियो।
यस भयानक ठक्करमा दुवैको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट भाग्यो। घटनाको जानकारी पाए लगत्तै पुलिस घटनास्थलमा पुगेर दुवै शवलाई कब्जा लियो अनि पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिस अधीक्षक सन्तोष कुमार मिश्राले घटनाको सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेको बताए। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। भगौड़ा ट्रक र त्यसको चालकको बारेम पत्ता लगाउन नजिकैका सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा