
- अमरको खातामा 40 हजार रुपियाँ आएको थियो
सोनीपत, 30 अक्टोबर (हि.स.)। बलिउड अभिनेता टाइगर श्रफको कारमा फायरिङ गरेको मामिलामा मुम्बई पुलिसले सोनीपतको रोहणा गाउँ निवासी अमरलाई पक्राउ गरेको छ। यस मामिलामा यो 12औँ पक्राउ हो। अहिलेसम्ममा पक्रा परेका आरोपीहरूमा नौ जना सोनीपत जिल्लाको रहेको बताइएको छ। पुलिसले अमरलाई अदालतमा पेश गरी ट्रान्जिट रिमाण्डम मुम्बई लैजाने तयारी गरिरहेको छ। सारेको छ
पुलिस अनुसन्धानमा थाहा लागेको छ, पक्रा परेका अभियुक्त कुणालको खाताबाट उसको साथी अमरको ब्याङ्क खातामा 40 हजार रुपियाँ पठाइएको थियो। त्यसपछि कुणालले बताएको आधारमा अमरले पहिला नै पक्रा परिसकेको राधाको खातामा 12 हजार रुपियाँ जम्मा भएको थियो। पुलिसले अब यो पैसाको लेनदेनको कारण र आरोपीहरूको आपसी सम्बन्धको जाँच गरिरहेको छ। अमर रोहणा गाउँमा कुणालको छिमेकी र साथी रहेको बताइएको छ।
उ कक्षा 10 सम्म पढेको छ भने एउटा सप्लिमेन्टको पसलमा काम गर्छ। उसको परिवारका सदस्यहरूले घर चलाउन मजदुरको काम गर्छन्। अमरको पक्राउपछि परिवारले उ निर्दोष रहेको र मुद्दामा फसाएको बताएका छन्। तथापि पुलिसको सोधपुछमा ब्याङ्क खाताहरू मार्फत गरिएको लेनदेन र उसको भूमिकाबारे जानकारी सङ्कलन गरिनेछ।
यस मामिलामा सोनीपतसित सम्बन्धित रेहान, फुल सिंह, सुमित, कुणाल, जतिन, समीर, अङ्कित, प्राञ्जल र अन्य सामेल छन्।
अमरसहित नौ जना अभियुक्तहरूको नाम सार्वजनिक भएको छ। मुम्बई अपराध शाखाले 12 जना अभियुक्तहरूलाई पक्राउ गरेको छ।
तीमध्ये 11 जनालाई महाराष्ट्र सङ्गठित अपराध नियन्त्रण ऐन (मकोका) अन्तर्गत आरोप लगाइएको छ। पुलिसले अभियुक्तहरूको सम्पर्क, ब्याङ्क खाताहरू, र सम्पूर्ण सञ्जालको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा