भुटानको जलप्रलयले  उत्तर बङ्गालमा निम्त्यायो खतरा, मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने- स्थिति नियन्त्रणमा र सबै सुरक्षित
शुभेंदु अधिकारी


कोलकाता, 30 अक्टोबर (हि.स.)। भुटानमा हिमनदीको ताल फुटेको कारण आएको आकस्मिक बाढीले गर्दा उत्तर बङ्गालमा पनि ठूलो बाढ़ी आउने खतरा मड़ारिरहेको थियो, तर समयमै अप्नाइएको प्रशासनिक सतर्कताको कारणले जलपाईगुडी र अलिपुरद्वार जिल्लाहरू सुरक्षित छन्। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार स्थिति स्पष्ट पार्दै भने, अहिलेघरि चिन्ता गर्ने कुनै कुरा छैन र सबैजना पूर्ण रूपमा सुरक्षित छन्।

साल्ट लेकमा आयोजित 'मुख्यमन्त्री दरबार' कार्यक्रममा आम जनतासँग कुराकानी गर्नअघि अधिकारीले भने, स्थितिलाई नियन्त्रण गर्नका लागि पुलिस अधीक्षक, मन्त्री एवं विधायकहरूले रातभरि जागेर बिहान 4 बजेसम्म रातभर काम गरे भने राज्य सचिवालय नवान्नाको नियन्त्रण कक्षसँग निरन्तर सम्पर्कमा बसे।

मुख्यमन्त्रीले पुष्टि गरेका छन्, सङ्कोश नदी अब खतराको निशानभन्दा तल बगिरहेको छ। बेपत्ता भएको जुन प्रारम्भिक रिपोर्ट आएको थियो, त्यसको समाधान भएको छ। सम्पर्क हुन नसकेका 47 जना मानिसहरूसँग सम्पर्क स्थापित भएको छ जो सबै सुरक्षित छन्।

उल्लेखनीय छ, गए बिहीवार साँझ उत्तर-पश्चिम भुटानको गासा जिल्लामा हिमनदी भत्किएर शिनताफु तालको प्राकृतिक बाँध भत्किएको थियो। यो 'ग्लेशियल लेक आउटबर्स्ट फ्लड'- ले राती अँध्यारोमा गासा ताशाचु क्षेत्रका केही भवनहरू बगाएको छ। तालको पानी भुटानको माफू (मोछु) नदीबाट बगेर भारतको सङ्कोश नदीमा तीव्र गतिमा आउन थाल्यो जसले असम र पश्चिम बङ्गालका केही भागहरूमा गम्भीर बाढीको डर पैदा गरेको थियो। परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै भुटान सरकारले तत्काल बङ्गाल अनि असम प्रशासनलाई सचेत गराएको थियो। चेताउनीपछि राज्य प्रशासनले द्रुत गतिमा कार्य गर्दै अलिपुरद्वारका लगभग 12,000 स्थानीय बासिन्दाहरूलाई रातभरिमा सुरक्षित आश्रयमा सारेको थियो। प्रशासनले यी शिविरमा पिउने पानी र खानाको पर्याप्त व्यवस्था गरिएको थियो।

अधिकारीहरूका अनुसार प्रशासनिक तयारीको कारणले कुनै ठूलो दुर्घटना भएको छैन। क्षेत्रका सबै नागरिक पूर्ण रूपमा सुरक्षित छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande