
हुगली, 30 अक्टोबर (हि.स.)। हुगली जिल्लाको उत्तरपड़ामा प्रवर्तन निदेशालय (ईडी)- ले शुक्रवार बिहान छापामारी गऱ्यो। बिहान करिब 7 बजे केन्द्रिय जाँच एजेन्सीको टोली उत्तरपाड़ाको जीटी रोड नजिकैको शिवतला स्ट्रिटमा चार्टर्ड एकाउन्टेन्ट सुदिप्ता घोषको निवासमा पुगेर खोजी अभियान शुरु गऱ्यो।
सूत्र अनुसार जाँच एजेन्सीले सुदिप्ता घोषको माध्यमबाट विभिन्न प्रभावशाली व्यक्तिहरूको पैसाको लेनदेन भएको आशङ्का व्यक्त गरेको छ। यस वित्तीय लेनदेनसँग सम्बन्धित पक्षहरूको अनुसन्धान गर्नको लागि ईडीले यो कारबाही गरिरहेको छ।
तथापि यो समाचार लेखुञ्जेलसम्म छापा सम्बन्धी विवरणको आधिकारिक रूपमा खुलासा भएको थिएन। जाँच एजेन्सीको कारबाही र खोजीमा के-कस्ता कुराहरू बाहिरिने हो, सबैको नजर टिकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा