
कोलकाता, 30 अक्टोबर (हि.स.)। दक्षिण कोलकाताको एक 'साउथ सिटी कम्प्लेक्स' मा शुक्रवार बिहान भएको आगलागीको कारणले आतङ्क फैलियो। घटनाको जानकारी फायर ब्रिगेडलाई दिइयो। खबर पाएपछि सात वटा दमकल वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउने अभियानमा लागिपरे।
अग्निशमन विभाग अनुसार शुक्रवार बिहान 8 बजे साउथ सिटी कम्प्लेक्सको नम्बर 3 टावरको 28 औं तलामा रहेको फ्ल्याटमा अचानक आगलागी भयो। खबर पाएपछि सात वटा दमकल वाहन घटनास्थलमा पुगे। आगलागीको भयावहतालाई ध्यानमा राख्दै पछि दमकलको सङ्ख्या बढाइयो। सम्पूर्ण क्षेत्र घना कालो धुवाँले ढाकिएको थियो। हाल घटनास्थलमा सात वटा दमकल वाहनहरूले आगो निभाने काम गरिरहेका छन्। आगो लागेको लगत्तै त्यहाँ उपस्थित सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले पनि आगो निभाउनमा सहयोग गरे।
यो खबर लेखुञ्जेलसम्म आगलागीको कारण थाहा हुन सकेको थिएन। आगो निभाउने कार्य जारी थियो।
फायर विभागका अधिकारीहरूले भने, आगो अहिले धेरै हदसम्म नियन्त्रणमा छ र यो अझ फैलिने खतरा कमै छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा