राज्यपाल गौतमले राष्ट्रिय एकता दिवसमा सिक्किमवासीलाई दिए शुभकामना
Dushyant Kumar Gautam


गान्तोक, 30 अक्टोबर (हि.स.)। राष्ट्रिय एकता दिवसको अवसरमा सिक्किमका राज्यपाल दुष्यन्त गौतमले राज्यवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपाल गौतमले आफ्नो सन्देशमा लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्तीका अवसरमा उनको योगदानको स्मरण गर्दै भारतको एकता, अखण्डता र राष्ट्र निर्माणमा उनले पुर्‍याएको योगदानलाई प्रेरणादायी बताएको छन्। उनले विभिन्न रियासतहरूलाई एउटै सूत्रमा बाँधेर अखण्ड भारतको जग बसाल्ने सरदार पटेलको ऐतिहासिक कार्य सधैँ प्रेरणाको स्रोत रहने उल्लेख गरेका छन्।उनले राष्ट्रिय एकता दिवसले देशको एकता र अखण्डतालाई अक्षुण्ण राख्ने संकल्प गर्न प्रेरित गर्ने बताउँदै सिक्किमको समृद्ध विविधता र शान्तिपूर्ण परम्पराले ‘एक भारत, श्रेष्ठ भारत’ को परिकल्पनालाई थप सुदृढ बनाएको बताएका छन्।यस अवसरमा राज्यपालले सबैलाई सरदार पटेलका आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै राष्ट्रको प्रगति, एकता र अखण्डतामा सक्रिय योगदान पुर्‍याउन आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande