
गुवाहाटी, 30 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बताे, कछार जिल्लामा राती अँध्यारोमा अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरिरहेका 23 जना मानिसहरूविरुद्ध सुरक्षा बलले कारबाही गऱ्यो।
मुख्यमन्त्रीले बितेको राति सोशल मिडियामा एउटा पोस्टको माध्यमबाट भने, राति जागेर मोबाइल फोन चलाउनु स्वास्थ्यका लागि हानिकारक भए तापनि अँध्यारोको आड़मा सीमा पार गरेर भारतमा घुसपैठ गर्ने प्रयास गर्नु अझ बढ़ी हानिकारक हो।
उनले व्यंग्यात्मक शैलीमा भने, राति अन्य कतिपय मानिसहरू पनि जागिरहन्छन् ताकि त्यस्ता निमन्त्रणा बिनाका अतिथिहरूलाई लखेट्न सकियोस्। कछारमा घुसपैठ गर्न आएका यस्ता निम्तो बिनाका 23 जना पाहुनाहरूलाई स्वागत गर्नको सट्टा सतर्क सुरक्षाकर्मीहरूले उनीहरूविरुद्ध उचित कारबाही गरे।
उल्लेखनीय छ, केही दिनभित्रमै भारतमा घुसपैठ गर्ने यो तेस्रो प्रयास हो। सतर्क पुलिस एवं सीमा सुरक्षा बलका जवानहरूले सीमावर्ती क्षेत्रमा घुसपैठ गर्नेहरूलाई समातेर उनीहरूलाई आफ्नो देशमा फिर्ता पठाइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा