
इम्फाल, 30 अक्टोबर (हि.स.)। मणिपुर पुलिसले प्रतिबन्धित सङ्गठन यूनाइटेड नेशनल लिबरेशन फ्रन्ट (यूएनएलएफ-कोइरेङ) का एकजना सक्रिय सदस्यलाई फिरौतीको मामिलामा पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको पहिचान सलाम खेरा सिंह उपनाम किरण (54) -को रूपमा भएको छ।
मणिपुर पुलिसले शुक्रवार जारी गरेको आधिकारिक जानकारी अनुसार विष्णुपुर पुलिसको कमाण्डो यूनिटले गए 29 अक्टोबरमा नाम्बोल सबल लिकाई क्षेत्रमा अभियान सञ्चालन गरी उनलाई पक्राउ गरेको हो।
पुलिस अनुसार पक्रा परेका व्यक्ति विष्णुपुर जिल्लाको थाङ्गा कराङ लामलोन लिकाईका बासिन्दा हुन्। उनी यूएनएलएफ (कोइरेङ)- को सक्रिय सदस्य एवं धन उपार्जनमा संलग्न रहेको बताइएको छ। यस मामिलामा अग्रिम जाँच भइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा