
हैलाकान्दी (असम), 30 अक्टोबर (हि.स.)। असमका कृषि मन्त्री पीयूष हजारिकाले शुक्रवार हैलाकान्दी जिल्लामा कृषि विभागका अधिकारीहरूको कार्य गर्ने शैली र कर्तव्यमा लापरवाहीप्रति कड़ा असन्तुष्टि व्यक्त गरे। उनले अधिकारीहरूलाई हप्काउँदै भने, यदि काम गर्ने इच्छा छैन भने उनीहरूले नोकरी किन छोड़दैनन्।
मन्त्रीले चेताउनी दिए, अधिकारीहरूको गल्ती र लापरवाहीका कारण किसानहरू प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान) योजनाको आर्थिक सहायताबाट वञ्चित हुन सक्छन्। उनले किसानको हितप्रति कुनै पनि लापरवाहीलाई सहन गर्न नसकिने कुरा स्पष्ट पारे।
यस मामिलालाई गम्भीरताको साथमा लिँदै हजारिकाले पाँच जना कृषि अधिकारीहरूलाई कारण बताउ नोटिस जारी गरे। उनले अधिकारीहरूको काम गर्ने शैली र लापरवाहीबारे जवाफ मागेका छन्। जवाफ सन्तोषजनक नआए निलम्बन सहित अनुशासनात्मक कारबाही गरिने मन्त्रीले थप चेताउनी दिए।
उनले अधिकारीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न र प्रशासनिक लापरवाहीका कारण कुनै पनि योग्य किसान सरकारी योजनाको लाभबाट वञ्चित नहुने सुनिश्चित गर्न निर्देश दिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा