अडाणी विमानस्थल-आईएचसीएल साझेदारी अन्तर्गत गुवाहाटीमा खोलिनेच ताज, गेटवे एवं जिन्जर होटल
कैबिनेट की बैठक के बाद संवाददाता सम्मेलन को संबोधित करते हुए मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा।


गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असममा आतिथ्य एवं पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्ने दिशामा एउटा महत्वपूर्ण पहल अन्तर्गत ताज, गेटवे एवं जिन्जर जस्ता तीन वटा प्रमुख होटल ब्राण्डले गुवाहाटीमा आफ्नो उपस्थिति दर्ता गराइरहेका छन्। यी होटलहरूलाई अडाणी एयरपोर्ट र इण्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल) बीच भएको नयाँ साझेदारी अन्तर्गत विकास गरिने छ।

असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार सोशल मिडिया पोस्ट मार्फत उक्त आशयको जानकारी दिएका हुन्। उनले भने, ठूला-ठूला ब्राण्डहरू अवसरहरूको खोजीमा आउँछन् भने अहिले द्रूत गतिमा असमतिर आकर्षित भइरहेका छन्।

मुख्यमन्त्रीले भने. यो पहलले राज्यमा हवाई यात्रुको बढ्दो सङ्ख्या, पर्यटनको विस्तार, व्यापारिक गतिविधिमा वृद्धि एवं लगानीकर्ताहरूको बढ्दो विश्वासलाई दर्शाउँछ।

उनले यसलाई विमानन हबको रूपमा गुवाहाटीको बढ्दो महत्त्वप्रति विश्वासको अर्को थप प्रमाण बताए।

यसै साझेदारीबाट गुवाहाटीमा आतिथ्य सुविधाहरूको विस्तार हुनका साथै पर्यटक, व्यापारिक यात्री एवं अन्य आगन्तुकहरूलाई राम्रो सुविधाहरू पुग्ने अपेक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande