हल्ला होइन, प्रकाशको पर्व हो तिहारः राज्य सरकारले पटाखाको सम्बन्धमा जारी गऱ्यो दिशानिर्देश
पर्यावरण भवन में संवाददाताओं से मुखातिब बने एवं पर्यावरण मंत्री मनोज कुमार उरांव


कोलकाता, 30 अक्टोबर (हि.स.)। काली पूजा, दीपावली र छठ पूजाको समयमा आवाज र वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले पश्चिम बङ्गाल सरकारले पटाखा पड़्काउने समय-सीमा तय गरेको छ। दीपावलीमा राती 8 देखि राति 10 बजेसम्म अनि छठ पूजामा बिहान 6 देखि बिहान 8 बजेसम्म मात्र पटाखा पड़्काउने अनुमति दिइनेछ। यसको साथै स्वीकृत पर्यावरण-मैत्री पटाखाहरूलाई मात्प्रर योग गर्ने, किनबेच गर्ने, आयात गर्न तथा भण्डारण गर्ने अनुमति दिइनेछ।

राज्यका वन तथा वातावरण मन्त्री मनोज कुमार उराँवले शुक्रवार पर्यावरण भवनमा यस सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरे। कार्यक्रममा वातावरण विभागका सदस्य डा. आकाश प्रताप सिंह र सुमित गुप्ता पनि उपस्थित थिए।

मन्त्रीले निर्धारित समय-सीमाभित्र स्वीकृत इको फ्रेन्डली पटाखा मात्र प्रयोग गर्न सकिने जानकारी दिए। पश्चिम बङ्गाल प्रदूषण नियन्त्रण बोर्डको नियन्त्रण कक्ष अनि विशेष मोबाइल टोलीहरू दिपावली तथा छठ पूजाको समयमा सक्रिय हुनेछन्। ध्वनि एवं वायु प्रदूषणसँग सम्बन्धित उजुरीहरू बोर्डको टोल-फ्री नम्बरहरू 1800-345-3390 र 033-2202-3057- मा दर्ता गर्न सकिन्छ। मन्त्रीले उजुरीकर्ताको पहिचान कड़ाीपूर्वक गोप्य राख्ने आश्वासन दिए।

पटाखाद्वारा उत्पन्न ध्वनिको लागि पनि अधिकतम सीमा तय गरिएको छ। शब्द पटाखाको लागि 125 डेसिबल र आतिशबाजीको लागि 90 डेसिबलमा सीमा तय गरिएको छ भने अस्पताल र वृद्धाश्रमको 100 मीटरभित्र पटाखा पड़काउनेमाथि पूर्ण प्रतिबन्ध रहनेछ।

स्काइलाइट र लालटेन उडाउनका लागि पनि अनुमति आवश्यक हुनेछ। यस सन्दर्भमा मन्त्रीले आफ्नो पारिवारिक परम्परा अनुसार हरेक वर्ष आकाशदीप वा लालटेन उडाउने परम्परागत परिवारहरूले राज्य अग्निशमन विभागसँग सम्पर्क गरेर आवश्यक अनुमति लिनुपर्ने जानकारी दिए।

पटाखा बजारहरूको व्यवस्थापनको लागि पनि केही दिशानिर्देश जारी गरिएको छ।

मन्त्री मनोज कुमार उराँवले बताए, यस वर्ष सम्भावित दुर्घटनाहरूलाई रोक्नका लागि पटाखा बजारहरूलाई अग्नि सुरक्षा मापदण्ड अनुसार आवासीय क्षेत्रदेखि टाढा बजार स्थापना गर्ने व्यवस्था गरिएको छ। यी बजारहरूको सरकारी स्तरमा निरीक्षण गरिनेछ। त्यहाँ नियमित पुलिस गस्ती पनि हुनेछ।

मन्त्रीले अवैध पटाखाहरूलाई जफत गर्ने अनि नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने चेताउनी दिए। चाड़पर्वहरूमा वातावरणीय संरक्षण एवं आम नागरिकको सुरक्षा सुनिश्चित गर्न निर्धारित दिशानिर्देशहरू पालना गर्नु अनिवार्य हुने राज्य सरकारले स्पष्ट पारेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande