पश्चिम बङ्गालमा आँधीबेहरी आउने सम्भावना
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 30 अक्टोबर (हि.स.)। भारत मौसम विज्ञान विभाग (आईएमडी) को पूर्वानुमान अनुसार शुक्रवार सम्पूर्ण पश्चिम बङ्गालमा मौसम परिवर्तित रहनेछ। राज्यका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा, गर्जन तथा तेज हावाको पूर्वानुमान गरिएको छ। मौसम विभागले उप-हिमालयी पश्चिम बङ्गाल र गाङ्गेय पश्चिम बङ्गालको फराकिलो क्षेत्रमा व्यापक वर्षाको पूर्वानुमानलाई केन्द्र गर्दै अलर्ट जारी गरेको छ।

मौसम विभागको पूर्वानुमान अनुसार शुक्रवार राज्यमा अधिकतम तापक्रम 29 देखि 30 डिग्री सेल्सियस र न्यूनतम 24 डिग्री सेल्सियसको वरपर रहने सम्भावना छ भने हावामा नमीको स्तर अर्थात् आद्रता 83 देखि 90 प्रतिशतसम्म हुनसक्छ। यसकारण दिनभरि च्यापच्याप्ती गर्मी वा आद्रताको प्रभाव कायम रहनेछ।

मौसमविद्हरू अनुसार शुक्रवार दिनभरि हल्कादेखि मध्यम वर्षा हुन सक्छ। यस अवधिमा बिजुली चम्किने र आँधीबेहरी आउने सम्भावना लगभग 65 प्रतिशत अनुमान गरिएको छ। यसको साथै दक्षिण-पूर्वी दिशाबाट करिब 10 किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अपेक्षा गरिएको छ।

यस क्षेत्रमा विकसित चक्रवाती तूफानको प्रभावले आगामी दुई दिनसम्म आकाशमा आंशिक बादल रहनेछ। यस अवधिमा राज्यका विभिन्न भागमा छिटपुट वर्षाको गतिविधि जारी रहने सम्भावना छ। मौसम विभागले पश्चिम बङ्गालको मौसम नोभेम्बर महिनाको शुरुवातसँगै बिस्तारै सफा हुन शुरु हुने अनुमान व्यक्त गरेको छ। राज्यका विभिन्न भागमा वर्षा र मेघगर्जन जारी रहने सम्भावना छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande