गाई तस्करीको प्रयास विफल, 23 गाईवस्तु जफत, चार जना पक्राउ
Image of the Rescued Cattle Shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असममा गाई तस्करहरूले अवैध रूपमा गाईवस्तुहरू ओसार-पसार गर्नको लागि अपनाएको अनौठो उपायलाई पुलिसले असफल बनाइदियो। आलु र खुर्सानीको बोरा पछाड़ि लुकाएर लगिएका 23 वटा गाईवस्तुहरू बरामद गर्नुका साथै पुलिसले ट्रकलाई जफत गऱ्यो। यस मामिलामा चार जना मानिसहरूलाई पक्राउ गरिएको छ।

सो जानकारी असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शनिवार सामाजिक सञ्जालमा साझा गरेका हुन्। गाई तस्करहरूले गाईवस्तुहरूलाई पुलिसको नजरबाट बच्न आलु र खुर्कोसानी बोरा पछाड़ि लुकाएर ट्रकमा लैजाने योजना बनाएका थिए, उनले भने।

तथापि असम पुलिसको सतर्कताको कारणले तस्करहरूको यो प्रयास सफल हुन सकेन। पुलिसले एउटा अभियान चलाएर ट्रकलाई रोक्यो अनि यसबाट 23 वटा गाईवस्तुहरूलाई बरामद गऱ्यो। यस अवधि अवैध व्यापारमा संलग्न रहेको आरोपमा चार जना मानिसहरूलाई पक्राउ गरियो।

मुख्यमन्त्रीले भने, तस्करहरूले जति नै नयाँ उपायहरू अपनाए पनि असममा कानोनको नजरबाट बच्न सजिलो छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande