
गुवाहाटी, 31 अक्टोबर (हि.स.)। गुवाहाटीको होटल बिलास इन नरसंहारको अनुसन्धानले गति लिएको छ। यस मामिलाका मुख्य अभियुक्त घनकान्त गोगोईकी पत्नी जोनमणि गोगोईले शनिवार धेमाजी थानामा आत्मसमर्पण गरिन्।
घटनापछि जोनमणि गोगोई कथित रूपमा भागेका थिए। पुलिसले उनको खोजी गरिरहेको थियो। आत्मसमर्पण गरेपछि पुलिसले उनलाई सोधपुछ गर्न सक्छ ताकि घटनासँग सम्बन्धित अन्य महत्त्वपूर्ण तथ्यहरू पत्तो लगाउन सकियोस्।
यसैबीच पुलिसले अभियुक्त घनकान्त गोगोईलाई लगेर घटनास्थलमा अपराधको दृश्य दोहोऱ्याउने तयारी गरिरहेको छ भने लताशिल पुलिस स्टेशनमा तिनलाई लगातार सोधपुछ गरिरहेको छ। पुलिसले साउकुचीस्थित उनको भाड़ाको घरमा खानतलासी गरी वाहन सहित केही वस्तुहरू पनि जफत गरेको छ। अनुसन्धानको एक भागको रूपमा यी सामग्रीहरूको जाँच भइरहेको छ।
उल्लेखनीय छ, गत 26 अक्टोबरको राती गुवाहाटीको बोरा सर्भिस क्षेत्रको होटल बिलास इनमा गोली चल्दा पाँच जना मानिसहरूको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए। घटनापछि पुलिसले संयुक्त पुलिस आयुक्त अङ्कुर जैनको नेतृत्वमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो। होटलको पट्टा र व्यवस्थापनको विवाद सहित सबै पक्षलाई लिएर पुलिसले अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा