जीएसएलवी-एफ१८ मिशनको सफल प्रक्षेपणमा उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा इसरोलाई बधाई
इसरो से तस्वीरें


नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा रक्षामन्त्री राजनाथ सिंहले शनिवार जीएसएलवी-एफ१८ मिशनको सफल प्रक्षेपणका लागि इसरोको टोलीलाई बधाई दिएका छन्।

उपराष्ट्रपतिले एक्समा लेख्दै जीएसएलवी-एफ१८ मिशन मार्फत एनभीएस-०३ नेभिगेशन उपग्रहलाई निर्धारित कक्षमा स्थापित गरिएको बताए। यस उपलब्धिले भारतको स्वदेशी ‘नाविक’ नेभिगेशन प्रणालीलाई सुदृढ़ बनाउनुका साथै उपग्रहमा आधारित नेभिगेशन क्षमतामा वृद्धि गरेको र अन्तरिक्ष प्रविधि तथा आत्मनिर्भरताको क्षेत्रमा देशको बढ्दो क्षमतालाई दर्शाएको उनले बताए।

प्रधानमन्त्री मोदीले यो अभियान स्वदेशी ‘नाविक’ नेभिगेशन प्रणालीलाई बलियो बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताए। उन्नत क्षमता सहितको एनभीएस-०३ उपग्रहले महत्त्वपूर्ण प्रविधिमा आत्मनिर्भर बन्ने प्रयासलाई अगाडि बढ़ाउनुका साथै देशवासीलाई लाभ पुग्ने नेभिगेशन सेवा उपलब्ध गराउन सहयोग गर्ने उनले बताए।

रक्षामन्त्री राजनाथ सिंहले यस उपलब्धिले रणनीतिक तथा महत्त्वपूर्ण प्रविधिमा देशको क्षमता अभिवृद्धि गरेको बताए। यो नवाचार र प्राविधिक आत्मनिर्भरतामा आधारित ‘आत्मनिर्भर भारत’को परिकल्पनाको प्रतिबिम्ब भएको उनले उल्लेख गरे।

केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले यस उपलब्धिलाई भारतको स्वदेशी ‘नाविक’ नेभिगेशन प्रणाली सुदृढ़ बनाउने तथा प्राविधिक आत्मनिर्भरता र नेभिगेशन क्षमतामा सुधार गर्ने दिशामा अर्को महत्त्वपूर्ण उपलब्धि बताए।

केन्द्रिय विज्ञान तथा प्रविधिमन्त्री डा. जितेन्द्र सिंहले पनि अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेशन प्रणालीलाई सुदृढ़ बनाउने प्रतिबद्धताको प्रमाणका रूपमा यस उपलब्धिलाई उल्लेख गरेका छन्।

उल्लेखनीय छ, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रवार श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट तेस्रो पुस्ताको नेभिगेशन उपग्रह एनभीएस-०३ सफलतापूर्वक प्रक्षेपण गर्यो। जीएसएलवी-एफ१८ रकेटमार्फत राति ११ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएको उक्त उपग्रहलाई निर्धारित जियोसिंक्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा स्थापित गरियो। उपग्रहमा सटीक समय गणनाका लागि आयातित परमाणु घड़ी समेत जड़ान गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande