मानस राष्ट्रिय उद्यानमा गैँडाको बच्चा जन्मियो, गङ्गाको वंश तेस्रो पुस्तामा पुग्यो
The image shared by Assam CM Dr Himanta Biswa.


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असमको मानस राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षणको क्षेत्रमा अर्को उत्साहजनक उपलब्धि दर्ता गरिएको छ। गङ्गा नामक महिला गैँडाको तेस्रो पुस्तामा एउटा नयाँ बच्चा गैँडाको जन्म भएको छ।

असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शनिवार सामाजिक सञ्जालमा उक्त जानकारी साझा गरेका हुन्। उनले बताए, ब्रह्मपुत्रको बाढ़ीमा उद्धार गरिएको गङ्गा नामक महिला गैँड़ाको दोस्रो पुस्ताको सन्तान गङ्गाले प्यारा छोरोलाई जन्म दियो।

यो जन्मसँगै गङ्गाबाट शुरु भएको गैँडाको वंश अब मानस राष्ट्रिय निकुञ्जमा तेस्रो पुस्तामा पुगेको छ। यस घटनाक्रममा खुसी व्यक्त गर्दै मुख्यमन्त्रीले भने, यो एउटा परिवारको सुखद कथा मात्र नभई वन्यजन्तु संरक्षणको सफलताको नयाँ अध्याय पनि हो।

उल्लेख्य, मानस राष्ट्रिय निकुञ्ज एउटा महत्त्वपूर्ण वन्यजन्तु संरक्षण क्षेत्र हो। यहाँ गङ्गा वंशको तेस्रो पुस्ताको जन्म गैँडाको संरक्षण तथा तिनीहरूको प्राकृतिक बासस्थानमा संरक्षण र पुनर्स्थापना गर्ने प्रयासको लागि उत्साहजनक सङ्केत हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande