
नयाँ दिल्ली, ३१ अक्टोबर (हि.स.)। पञ्जाबका मुख्यमन्त्री भगवन्त मान फेरि एक पटक धुरी विधानसभा क्षेत्रबाट चुनाउ लड्ने भएका छन्। आम आदमी पार्टी (आप) को राजनीतिक मामिला समिति (पीएसी) को बैठकपछि शनिवार दिल्लीमा स्वयं भगवन्त मानले यसबारे जानकारी दिएका हुन्।
आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै भगवन्त मानले पत्रकारहरूसँग भने, “म तपाईहरूलाई यति बताउन चाहन्छु कि यस (उम्मेदवारहरूको) सूचीमा मेरो नाम पनि छ र म धुरीबाट चुनाउ लड्दैछु।”
यस बैठकमा मुख्यमन्त्री भगवन्त मानसँगै पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र राज्य प्रभारी मनीष सिसोदिया उपस्थित थिए। बैठकका क्रममा चुनावी तयारीबारे पनि छलफल गरियो।
उल्लेखनीय छ, साल २०२७ मा हुने पञ्जाब विधानसभा चुनाउलाई ध्यानमा राख्दै आम आदमी पार्टीले आफ्नो पहिलो उम्मेदवार सूची जारी गरेको छ। पञ्जाबमा कूल ११७ विधानसभा सिट छन्। तीमध्ये आपले चुनाउअघि नै ४० सिटका लागि उम्मेदवार घोषणा गरेको छ। मुख्यमन्त्री भगवन्त मान धुरी विधानसभा क्षेत्रबाट चुनाउ लड्नेछन्। यसैगरी, आपले आफ्ना सबै ४० जना वर्तमान विधायकलाई पुनः चुनावी मैदानमा उतारेको छ।
/ बिशाल