प्रधानमन्त्री मोदीद्वारा सरदार पटेलप्रति श्रद्धाञ्जली अर्पण, स्ट्याच्यु अफ युनिटीमा पुष्पवृष्टि
प्रधानमंत्री मोदी ने सरदार पटेल को दी श्रद्धांजलि


अहमदाबाद/नर्मदा, ३१ अक्टोबर (हि.स.)। लौहपुरुष सरदार वल्लभभाई पटेलको १५१औँ जयन्तीका अवसरमा शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको केवड़िया स्थित एकतानगरमा रहेको स्ट्याच्यु अफ युनिटी पुगेर उनलाई पुष्पाञ्जली अर्पण गरे। यस अवसरमा हेलिकप्टरबाट सरदार पटेलको विशाल प्रतिमामाथि पुष्पवृष्टि पनि गरियो। प्रधानमन्त्री राष्ट्रिय एकता दिवस समारोहमा सहभागी भए भने राष्ट्रिय एकता परेडमा पनि सहभागी हुनेछन्।

सरदार पटेलको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उनको प्रतिमा सामू नमन गर्दै देशको एकता र अखण्डता कायम राख्न उनले पुर्याएको योगदानको स्मरण गरे। समारोहपछि प्रधानमन्त्रीले ४०० करोड़ रुपियाँभन्दा बढ़ीका विकास परियोजनाहरूको उद्घाटन गरे।

एकतानगरमा प्रधानमन्त्रीले ‘भारत पर्व’ को उद्घाटन गर्नुका साथै विभिन्न स्टलहरूको निरीक्षण गरे। उनको उपस्थितिमा लगभग ३०० कलाकारले प्रसिद्ध कृति ‘आनन्दमठ’ मा आधारित नाट्य प्रस्तुति दिए। त्यसपछि उनले ‘एकता प्रकाश पर्व’ को अवलोकन गरे।

प्रधानमन्त्री नर्मदा घाटमा आयोजित नर्मदा महाआरतीमा पनि सहभागी भए। यस क्रममा उनले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाए। राष्ट्रिय एकता दिवसका अवसरमा एकतानगरमा आयोजित कार्यक्रमहरूको उद्देश्य सरदार वल्लभभाई पटेलको राष्ट्र निर्माणमा रहेको योगदान तथा राष्ट्रिय एकता र अखण्डताको सन्देश जनजनसम्म पुर्याउनु हो।

उल्लेखनीय छ, प्रधानमन्त्री मोदी ३० र ३१ अक्टोबरमा दुईदिने गुजरात भ्रमणमा छन्। शुक्रवार उनले बनासकाँठाको भीलड़ीमा १४ हजार करोड़ रुपियाँभन्दा बढ़ीका विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका थिए। साथै, प्रधानमन्त्री किसान सम्मान निधि योजनाको २४औँ किस्ता अन्तर्गत किसानहरूको खातामा लगभग १९ हजार करोड़ रुपियाँ हस्तान्तरण गरेका थिए।

/ बिशाल


 rajesh pande