राष्ट्रिय एकता दिवसमा मुख्यमन्त्री हिमन्त विश्व सरमाले सरदार पटेललाई गरे नमन
The image shared by Assam CM Dr Himanta Biswa Sarma.


गुवाहाटी, 31 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शनिवार लौह पुरुष सरदार वल्लभभाई पटेललाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। सरदार पटेलको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ।

सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, सरदार वल्लभभाई पटेलको दृढ़ इच्छाशक्ति, कुशल नेतृत्व एवं सुशासनले एकीकृत भारतको यात्रालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

उनले भने, राजनीतिक रूपमा विभाजित देशका विभिन्न भागहरूलाई एकजुट बनाएर एक भारत, श्रेष्ठ भारत निर्माण गर्नमा सरदार पटेलको योगदान ऐतिहासिक रहेको छ।

मुख्यमन्त्रीले सरदार पटेलको आदर्श एवं राष्ट्रिय एकता र अखण्डतामा योगदान अझै पनि देशवासीको लागि प्रेरणाको प्रमुख श्रोत रहेको बताए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande