सियालदहमा 'पकेट पराठा' बेचेर भाइरल भएका 'राजू दा' को पसलमा नगर निगमको छापा, वैध लाइसेन्स देखाउन सकेनन्
राजू पराठा


कोलकाता, 31 अक्टोबर (हि.स.)। सियालदहस्थित नील रतन सरकार (एनआरएस) मेडिकल कलेज एवं अस्पताल सामु फुटपाथमा 'पकेट पराठा' बेचेर सोशल मिडियामा रातारात भाइरल भएका 'राजु दा' को पसलमा कोलकाता नगरनिगम (केएमसी) को खाद्य सुरक्षा विभागका अधिकारीहरूले शनिवार बिहान छापामारी गरे। अधिकारीहरू अनुसार राजु दाबाट पराठा बेच्ने कुनै वैध लाइसेन्स पाइएन। शनिवार बिहान खाद्य सुरक्षा विभागको टोलीले राजु दाको पसलमा मात्र नभई सियालदह स्टेशन वरपरकै अन्य धेरै वटा भोजनालयहरूमा पनि गहन छापामारी गऱ्यो।

अधिकारीहरूले घटनास्थलमा 'फ्लोर टेस्ट' (रेपिड केमिकल टेस्ट ) मार्फत समोसा, कचोरी, तरकारी, माछा र मासुको नमूना सङ्कलन गरी रासायनिक परीक्षण गऱ्यो।

परीक्षणको क्रममा केही पसलहरूमा खाद्य पदार्थहरूको गुणस्तर अत्यन्त खराब र मापदण्ड विपरीत रहेको पाइयो। त्यसपछि अधिकारीहरूले तुरुन्तै कारबाही गर्दै लगभग सय वटा समोसा, कचोरी, दाल, सब्जी, सड़ेको कुखुरा र माछाको अण्डा घटनास्थलमै फालिदिए। अधिकारीहरूले स्पष्ट पारे, यी खाद्य पदार्थहरू गुणस्तर परीक्षणमा असफल भए, त्यसैले यसलाई नष्ट गर्ने निर्णय लिइयो। साथै सम्बन्धित पसल मालिकलाई भविष्यका लागि कड़ा चेताउनी दिइएको छ।

खाद्य सुरक्षा अधिकारीहरूले भाइरल राजु दाको पसलबाट तरकारी र पराठाको नमूना पनि लिएका थिए। राजुदाले भने, उनको तरकारीले घटनास्थलमा गरिएको 'फ्लोर टेस्ट' पास गरेको छ, तर अधिकारीहरूले विस्तृत जाँचका लागि नमूना प्रयोगशाला (ल्याब टेस्ट)-मा पठाएका छन् जसको रिपोर्ट सात दिनपछि आउनेछ। यस अतिरिक्त अधिकारीहरूले राजु दालाई कड़ा निर्देश दिएका छन्, भोजन पस्किँदा अनिवार्य रूपमा सर्जिकल टोपी (टाउको ढाक्ने) र पञ्जाहरू लगाइयोस्।

अधिकारीहरूले राजु दासँग खाद्य बिक्रीको लाइसेन्स माग्दा उनले कुनै पनि कागजपत्र पेश गर्न सकेनन्। यस सम्बन्धमा राजुदाले आफूसँग लाइसेन्सको बारेमा कुनै अनुभव वा ज्ञान नभएको स्पष्टीकरण दिए। उनी घरमा 1 किलोको मैदा पराठा बनाउँछन्, बिहान 3ः45 बजे कोलकाता जाने ट्रेन समात्छन् र बिहान 11 बजे फर्कन्छन्। अधिकारीहरूले तिनलाई लाइसेन्स लिन आग्रह गरेका छन्, त्यसैले अब तिनी लाइसेन्स बनाउने प्रयास गर्नेछन्। उनले आफ्नो खानाको गुणस्तरको रक्षा गर्दै भने, कसैले पनि खानामा आपत्ति गर्न सक्दैन भने अबदेखि उनले सर्जिकल क्याप र पञ्जा लगाएर पराठा बेच्नेछन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande