
कुचबिहार, ३१ अक्टोबर (हि.स.)। लागुऔषध विरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत सिलगढ़ीको माटीगढ़ा थाना पुलिसले ६१ ग्राम अवैध ब्राउन शुगर सहित एक जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान माटीगढ़ा स्थित विश्वास कोलोनी निवासी सुमन साहाका रूपमा भएको छ।
पुलिस सूत्र अनुसार, शनिवार दिउँसो माटीगढ़ा बाइपास क्षेत्रमा आरोपी ब्राउन शुगर बिक्री गर्ने उद्देश्यले ग्राहकको प्रतीक्षामा रहेको थियो। यसबारे गोप्य सूचना प्राप्त भएपछि पुलिसले तत्काल विशेष अभियान सञ्चालन गरेको थियो।
अभियानका क्रममा पुलिस टोलीले शङ्कास्पद अवस्थामा रहेको युवकलाई घेराबन्दी गरी नियन्त्रणमा लिएर तलासी लिएको थियो। तलासीका क्रममा उदेखि ६१ ग्राम ब्राउन शुगर जफत भएपछि उसलाई पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्रा परेको सुमन साहा यसअघि पनि लागुऔषध तस्करी सम्बन्धी मामिलामा जेल परिसकेको तथ्य खुलेको पुलिसले जनाएको छ।
पुलिसले आरोपी विरुद्ध लागुऔषध नियन्त्रण सम्बन्धी एनडीपीएस एक्टका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। पुलिस सूत्र अनुसार, पक्रा परेको आरोपीलाई आइतवार सिलगढ़ी महकुमा अदालतमा उपस्थित गराइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी