दशौं श्रेणीका तीन विद्यार्थी बेपत्ता, परिवार चिन्तित
तीनो छात्रों की छवि


मेदिनीपुर, 31 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्ला अन्तर्गत घाटाल थाना क्षेत्रमा एकै दिनमा दशौं कक्षाका तीन जना विद्यार्थीहरू बेपत्ता भएको घटना सार्वजनिक भएको छ। यी विद्यार्थीहरू गए शुक्रवार 30 अक्टोबरदेखि घरबाट बेपत्ता भएका छन्। परिवारका सदस्यहरूले उनीहरूलाई खोजिरहेका छन्।

जानकारी अनुसार बेपत्ता विद्यार्थीहरूमा सुमन, नायक र रुपम दास सामेल छन्। सुमनको घर घाटाल शहरमा छ भने रुपम खाड़ार शहरको उदयगञ्जका बासिन्दा हुन्। यी दुई आपस्तमा साथी हुन् भने विरसिंह भगवती हाई स्कूलको कक्षा दशौंका विद्यार्थी हुन्। भनिन्छ, गए शुक्रवार उनीहरू स्कूल जाने भनेर घरबाट निक्लेका थिए, तर साँझसम्म घर फर्केर नआएपछि परिवारका सदस्यहरूले खोजी गर्न थाले यत्तिकैमा रााति घरमा राखिएको डायरीमा 'मुम्बई जाँदैछु' भनेर लेखिएको पाइयो।

तेस्रो छात्र ऋतु बेरा घाटाल शहरको कृष्णनगरका बासिन्दा हुन्। तिनी घाटल विद्यासागर हाई स्कूलमा कक्षा 10 मा पढ्छन्। आफ्नो अध्ययनलाई लिएर आमाले हप्काएकोमा रिसाएर तिनी पनि दिउँसो घरबाट निस्किएको, तर फर्केर नआएको बताइएको छ। रिपोर्ट गए शुक्रवार राती पुलिस थानामा दर्ता गरिएको छ।

तीनजना विद्यार्थी बेपत्ता भएको घटनाले उनीहरूका परिवारहरू चिन्तित भएका छन्। घटनाको बारेमा पुलिसलाई जानकारी दिइएको छ। पुलिसले बालकहरूको खोजी गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande