
वाराणसी, ३१ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा सपाहीमाथि गोली चलाएर फरार भएको हतियार तस्कर राज विश्वकर्मा पुलिससँगको भिड़न्तमा पक्रा परेको छ। शुक्रवार राति लङ्का थाना क्षेत्रको रमना लौटुबीर इलाकामा भएको भिडन्तमा पुलिसको जवाबी कारबाहीमा उसको देब्रे खुट्टामा गोली लागेको छ। उसलाई उपचारका लागि बीएचयू ट्रमा सेन्टरमा भर्ती गरिएको छ। उसका एक साथी भने फरार भएको छ।
यसअघि अवैध हतियार तस्करीको सूचनाका आधारमा नरिया तिराहा स्थित आशुतोष नगर क्षेत्रमा पुगेको पुलिस टोलीमाथि बदमाशहरूले गोली चलाएका थिए। घटनामा पुलिस जवान अमित शुक्लालाई पेट, ढाड़ र हातमा गरी तीन वटा गोली लागेको छ।
उनको अवस्था गम्भीर रहेको बताइएको छ। डीसीपी काशी जोन गौरव बसंवाल अनुसार, फरार आरोपीको खोजीका लागि पुलिस टोली परिचालन गरिएको छ। फरार आरोपीलाई पक्राउ गर्न पुलिसले खोजी तथा छापामारी अभियान जारी राखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी