चक्रवातको प्रभान कमजोर, दक्षिण बङ्गालमा मौसम सफा हुने
पश्चिम बंगाल में आज का मौसम


कोलकाता, 31 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा मौसमबाट राहतको खबर छ। चक्रवातको प्रभाव राज्यबाट कमजोर भएर मध्य भारततिर गएको छ। अलिपुर मौसम विभाग (आरएमसी कोलकाता) अनुसार शनिवारदेखि कोलकाता सहित दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा मौसम सफा हुन थाल्नेछ। यसको साथै वर्षाको गतिविधिमा पनि उल्लेखनीय कमी आउने सम्भावना छ।

मौसमविद्हरू अनुसार चक्रवातको मुख्य प्रभाव अहिले समाप्त भएको छ। बङ्गालको खाड़ीमा हल्का मौसम प्रणाली बनिरहेको भए पनि पश्चिम बङ्गालको लागि मौसम विभागले अहिलेसम्म कुनै गम्भीर मौसम चेतावनी जारी गरेको छैन।

दक्षिण बङ्गालको कोलकाता, हावडा, हुगली, उत्तर र दक्षिण 24 परगना एवं पूर्व र पश्चिम मेदिनीपुरमा बादलले ढाकेको अनुभव हुनेछ। दिन घमाइलो हुने सम्भावना छ। तर कतिपय क्षेत्रहरूमा हल्का वर्षा हुन सक्छ। दिउँसो वा साँझमा केही क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा वा गर्जन हुने सम्भावना छ। यी जिल्लाहरूमा अधिकतम तापक्रम 31 डिग्री सेल्सियस अनि न्यूनतम 25 डिग्री सेल्सियस लगभग रहने अनुमान गरिएको छ।

उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार र कुचबिहारमा आद्रताको कारणले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस अवधिमा आँधीबेहरीको सम्भावना पनि छ। मौसम विभागले पहाड़ी क्षेत्रमा बसोबास गर्ने मानिस एवं पर्यटकहरूलाई आवागमन गर्दा सामान्य सावधानी अपनाउन सल्लाह दिएको छ।

मौसम विभागका अनुसार भारी वर्षा एवं चक्रवातसँग सम्बन्धित खतरा अहिले निकै कम भएको छ। तर मौसम परिवर्तनको क्रममा केही ठाउँहरूमा वज्रपात हुने सम्भावना छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande