
सिलगढ़ी, 0५ अक्टोबर (हि.स.)। भारत–नेपाल सीमाको पानीटंकी स्थित न्यू ब्रिज क्षेत्रमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले एक व्यक्तिलाई हतियार तथा जिउँदो कारतूस सहित पक्राउ गरेको छ। उदेखि ०.३२ क्यालिबरको एउटा पेस्तोल, दुई वटा म्यागजिन, ७.६५ एमएमका ४९ वटा जिउँदो कारतूस र एउटा खाली खोका जफत गरिएको छ।
जानकारी अनुसार, ४१औँ बटालियन एसएसबीको ‘डी’ कम्पनी पानीटंकीको बीआईटी टोलीले आइतवार नियमित जाँच गरिरहेको थियो। यस क्रममा सवारीसाधनमा भारतबाट नेपालतर्फ जाँदै गरेका एक भारतीय नागरिकलाई रोकेर जाँच गरियो। तलासीका क्रममा उनको हातमा रहेको झोलाबाट हतियार र कारतूस जफत भएको हो।
प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नो नाम टाशी पाल्की भुटिया रहेको बताएका छन्। उनी सिक्किमका निवासी हुन्।
उनले आफू आफ्ना गुरुजीलाई लिन सिक्किमबाट नेपालको काकरभिट्टा जाँदै गरेको बताएका छन्। यद्यपि, उनले प्रस्तुत गरेको हतियार अनुमतिपत्रअनुसार उक्त पेस्तोल केवल सिक्किम र पश्चिम बंगालमा लैजान अनुमति दिइएको थियो। अन्य कुनै स्थानमा उक्त हतियार लैजान अनुमति थिएन।
एसएसबीले जफत हतियार,कारतूस तथा आरोपीलाई थप कानूनी कारबाहीका लागि राति नै खोरीबारी थाना पुलिसलाई बुझाएको छ। पुलिसले घटनाबारे अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी