मुख्यमन्त्री तामाङले राज्यमन्त्री मजुमदारसंग भेटघाट गरे
मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रिय राज्यमन्त्री


गान्तोक, 05 अक्टोबर (हि.स.)। केन्द्रिय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास (डोनर) राज्यमन्त्री डा. सुकान्त मजुमदारले सोमवार मुख्यमन्त्री पीएस गोलेलाई उनको सरकारी निवास मिन्तोकगाङमा भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

भेटघाटको क्रममा मुख्यमन्त्रीले केन्द्रिय राज्यमन्त्रीको सिक्किम भ्रमण तथा आधिकारिक कार्यहरूको सफलताको कामना गर्दै राज्यमा उनको बसाइ फलदायी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

मुख्यमन्त्रीले पूर्वोत्तर क्षेत्रको प्रगति र विकासका लागि निरन्तर सहयोग तथा अर्थपूर्ण सहकार्यप्रति आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande