
नयाँ दिल्ली, 07 अक्टोबर (हि.स.)। भोरगढ़ औद्योगिक क्षेत्रमा बुधवार बिहान सवेरै दुई वटा प्लास्टिक दाना बनाउने फ्याक्ट्रीमा ठूलो आगलागी भयो। आगो यति छिटो फैलियो कि दुई वटा कारखानाको छत बाहेक नजिकैका अन्य दुई वटा फ्याक्ट्रीको छत समेत यसको चपेटमा पऱ्यो। बिहान 4ः32 बजे आगलागी भएको सूचना प्राप्त भयो। दमकलका चार वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। आगोको विकराल स्वरूपलाई ध्यानमा राख्दै मेक-6 घोषणा गरि। त्यसपछि 16 दमकल यूनिटलाई घटनास्थलमा पठाइयो। बिहान 6ः15 बजे आगोलाई नियन्त्रण गरिेको सूचना दिइयो भने कुलिङ्गको कार्य जारी थियो।
अग्निशमन विभाग अनुसार भोरगढ़ औद्योगिक क्षेत्रमा रहेको बी-2411 मा आगो लागेको हो। शुरुमा तीन वटा दमकल वाहनहरू सहित अन्य दुई वटा दमकल यूनिट र एउटा क्युआरभीलाई पठाइएको थियो। बिहान 5 बजेतिर मेक-6 घोषणा भएपछि दमकलका सात वटा वाटर टेन्डर, पाँच वटा वाटर बाउजर, एउटा बीएफटी, एउटा मोबाइल पम्प, एउटा एरियल वाटर टेन्डर र क्यूआरभी घटनास्थलमा पुग्यो। घटनास्थलमा एसटीओ विजय दहिया, एसटीओ विशाल र प्रवेश, एसडीओ राजीव सिन्हा अनि डीओ एके जायसवाल सहित दमकल अधिकारीहरू उपस्थित थिए।
यसको केही घण्टाअघि गए मङ्गलवार राती भोरगढ़को सन्नोठ गाउँमा पञ्चायत घरको नजिकै अवस्थित एउटा घरमा आगलागी भएको थियो। साँझ 7ः50 बजे सूचना पाएपछि दमकलकादुई वटा वाहन घटनास्थलमा पुगेर आगोलाई निभाउन जुट्यो। राती लगभग 8ः35 बजेसम्ममा आगोलाई नियन्त्रित गरियो। भान्सामा राखिएको एलपीजी सिलिण्ड मा आगो लागेको थियो। घटनास्लाथलमा 28 वर्षीया मञ्जु, पत्की नीरजको शव भेटियो जसलाई पुलिसलाई सुम्पिइयो।
गए मङ्गलवार अबेर राति उत्तरी दिल्लीको नर्थ क्याम्पसस्थित ल सेन्टर-1 मा रहेको डूसू कार्यालयमा पनि आगलागी भएको थियो। राती 11ः53 बजे सूचना पाएपछि दमकलका तीन वटा वाहन, एउटा वाटर बाउजर र एउटा क्यूआरभीलाई घटनास्थलमा पठाइयो। राती 12ः10 बजेलाई नियन्त्रित गरियो। कार्यालयमा राखिएको सोफा र फर्निचरमा आगलागी भएको थियो। दुर्घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा