
नयाँ दिल्ली, ०७ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सधैँझैँ आज बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा सबैभन्दा पहिले सुभाषितमार्फत सेवाको सन्देश दिएका छन्। त्यसको केही समयपछि अर्को पोस्टमा उनी राष्ट्रिय राजधानीस्थित प्रसिद्ध श्री विनायक मन्दिरमा पूजा-अर्चना गर्दै देखिएका छन्। उनले गणेशजीसँग देशको कल्याणको कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, “आज नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजा-अर्चना गरेँ। भगवान श्री गणेशसँग देशभरिका आफ्ना परिवारजनको सुख-समृद्धि र उत्तम स्वास्थ्यको कामना गरेँ। विघ्नहर्ताको कृपाले सबैको कल्याण होस् र देश निरन्तर प्रगतिको मार्गमा अघि बढिरहोस्।”
यसअघि उनले ‘एक्स ’मै सुभाषितका रूपमा यो श्लोक पोस्ट गरेका थिए- 'नित्यं परिचरेच्चैव तद्वै सुकृतमुत्तमम्। कीर्तिं पुण्यं यशो लोकान् प्राप्स्यसे राजसत्तम।' वाल्मीकि रामायणको अयोध्याकाण्ड (सर्ग २४, श्लोक ३२) बाट लिइएको यस श्लोकमार्फत प्रधानमन्त्रीले सेवाको सन्देश दिएका छन्।
यस श्लोकको अर्थ हो, व्यक्तिले आफूभित्र सधैँ सेवाभाव राख्नुपर्छ, किनभने सेवामा निष्ठापूर्वक लागिरहनु नै संसारको श्रेष्ठ पुण्य कर्म हो। अतः सेवा गर्नाले मानिसले कीर्ति, यश तथा उत्तम लोक प्राप्त गर्छ।
यसको सन्दर्भ श्रीराम वनवास जानका लागि तयारी गरिरहेको समयसँग जोडिएको छ। त्यसबेला माता कौशल्याले माता सीतालाई पतिव्रत धर्म तथा सासू-ससुराको सेवाको महत्त्व बुझाउँदै यो कुरा भनेकी थिइन्।
हिन्दुस्थान समाचार / भवानी थामी