
सिलगढ़ी, ०7 अक्टोबर (हि.स.)। सिलगढ़ी-जलपाईगुडी राष्ट्रिय राजमार्गमा राजगञ्जको भुटकिरहाट क्षेत्रमा गए मङ्गलवार राती भएको एक सड़क दुर्घटनामा एकजना बाइक चालकको मृत्यु भयो भने उनकी पत्नी गम्भीर रूपमा घाइते भइन्। मृतकको पहिचान मयानगुरी निवासी विद्युत रोयको रूपमा भएको छ।
जानकारी अनुसार विद्युत रोय आफ्नी पत्नीसँग सिलगढ़देखि बाइकमा मयानागुड़ी तर्फ गइरहेका थिए। यसैबीच उनको बाइक एउटा मालवाहक वाहनसित ठोक्कियो। दुर्घटनापछि दुवै सड़कमा लड़े। विद्युत रायको घटनास्थलमै मृत्यु भयो भने उनकी पत्नी गम्भीर घाइते भइन्।
सूचना पाए लगत्तै भोरेर आलो थाना र फुलबाड़ी राजमार्ग ट्राफिक आउटपोस्टको पुलिस घटनास्थलमा पुगे। घाइतेहरूलाई पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। दुर्घटनापछि चालक वाहनसितै भाग्यो। पुलिसले मुद्दा दर्ता गरी दुर्घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा