
कोलकाता, ०7 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले नन्दीग्राम र रेजिनगर विधानसभा सीटको उपचुनाउमा भाजपाको जीत हुने दाबी गरेका छन्। उनले भने, नन्दीग्राममा भाजपा उम्मेद्वारले रेकर्ड अन्तरले जित्नेछन् भने रेजिनगरमा पार्टी उम्मेद्वारको जीतको अन्तर 25 देखि 30 हजार भोट हुनेछ।
मतदान अवधि नन्दीग्राममा लगभग 70 प्रतिशत मतदान भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, म त चुनाउअघि नै गन्ध थाहा पाउँछु।।” उनले दाबी गरे, नन्दीग्राममा अहिलेसम्म भएको मतदानको आधारमा भाजपाले 50 हजारभन्दा अधिक मतको अग्रतालाई पार गरिसकेको छ।
शुभेन्दु अधिकारीले भने, नन्दीग्राममा भाजपा उम्मेद्वारको जीत हुने दाबी उनले पहिला नै गरिसकेका छन्। पछिल्लो वर्ष 2016- मा नन्दीग्रामबाट 82 हजार मतले आफ्नो जीत भएको उल्लेख गर्दै उनले विश्वास व्यक्त गरे, यस पटक यो रेकर्ड पनि तोडिनेछ। जनताले फेरि प्रधानमन्त्री नरेन्द्र मोदी र राज्य सरकारमाथि भरोसा देखाउनेछन्।
गए मङ्गलवार राती पनि मुख्यमन्त्रीले रेजिनगरमा भाजपाको जीत हुने दाबी गर्दै भनेका थिए, यस सीटमा भाजपालाई 25 हजारदेखि 30 हजार मतको अग्रता हासिल हुनेछ। रेजिनगरमा अल्पसङ्ख्यक मतदाताहरूको ठूलो सङ्ख्यालाई ध्यानमा राख्दै पार्टीभित्र पनि भाजपाको जितलाई लिएर चर्चा भएको थियो।
अर्कातिर प्रदेश भाजपाका अध्यक्ष शमिक भट्टाचार्यले पनि नन्दीग्राममा ठूलो जीत हासिल हुने दाबी गरेका छन्। जलपाईगुडीमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, नन्दीग्राममा पछिल्लो पटकको तुलनामा यस पटक जीतको अन्तर पाँच गुणा बढ़ी हुनेछ।
शमिक भट्टाचार्यले भने, रेजिनगरमा भाजपाको जीत हुने कुरामा धेरैजना मानिसहरूले विश्वस्त गरेकै छैनन्। उनले दाबी गरे, अल्पसङ्ख्यक समुदायका केही व्यक्तिहरू पनि भाजपाको साथमा छन् जसको मुद्दा कारखाना एवं रोजगारी रहेको छ।
तथापि विपक्षी दलहरूले नन्दीग्राममा मतदानको क्रममा गडबडी अनि बूथ कब्जा गरेको आरोप लगाएका छन् भने भाजपाले मतदानलाई शान्तिपूर्ण बताएको छ। दुवै विधानसभा सीटको उपचुनाउको नतिजा आगामी 9 अक्टोबरमा घोषणा हुनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा