अज्ञात व्यक्तिको शव फेला पऱ्यो
अज्ञात व्यक्तिको शव फेला पऱ्यो


जलपाईगुडी, ०7 अक्टोबर (हि.स.)। बुधवार बिहान राजगञ्ज ब्लकको साहुदङ्गीस्थित क्यानल मोड़ क्षेत्रमा एकजना अज्ञात व्यक्तिको शव फेला परेपछि क्षेत्रमा खैलाबैला मचियो।

बिहान हिँड़डुल गर्न निक्लेका स्थानीय मानिसहरूले रेलवे फ्लाइओभरमुनि रेलको ट्रयाकदेखि केही टाड़ा सडक किनारमा शव लड़िरहेको देखे। सूचना पाएपछि रेलवे पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।

यो समाचार लेखुञ्जेलसम्म पनि मृतकको पहिचन हुन सकेको थिएन। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande