पश्चिम बङ्गालका केही जिल्लाहरूमा वर्षा हुने सम्भावना
आज का मौसम


कोलकाता, ०7 अक्टोबर (हि.स.) पश्चिम बङ्गालमा आज मौसम मुख्यतया घमाइलो र आंशिक बादलहरूको बीचमा रहने सम्भावना छ। राज्यका केही क्षेत्रहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुनसक्छ। कतिपय क्षेत्रहरूमा बिहान आकाश आंशिक बादलले भरिने सम्भावना छ। साँझ वा राती केही क्षेत्रहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुनसक्छ।

मौसमको पूर्वानुमान अनुसार आज राज्यमा अधिकतम तापक्रम 32-33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24-26 डिग्री सेल्सियसबीचमा रहन सक्छ। वायुमण्डलमा आद्रताको स्तर 65-78 प्रतिशत लगभग रहनसक्छ। कतिपय क्षेत्रहरूमा 30-40 प्रतिशत वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

कोलकातामा पनि आज आंशिक रूपमा बादल लाग्नसक्छ। दिउँसो गर्मी र आद्रता अनुभव हुनसक्छ। साँझमा वा राती हल्का वर्षा हुने सम्भावना छ। मौसम विभाग अनुसार राज्यका विभिन्न जिल्लाको स्थानीय परिस्थितिको आधारमा मौसम परिवर्तन हुन सक्छ।

उत्तर बङ्गालदेखि दक्षिण बङ्गालसम्मै कतिपय क्षेत्रहरूमा बादल लाग्ने र छुटपुट वर्षा हुने अनुमान छ। समुद्र तटीय क्षेत्रहरूको मौसममा भने निगरानी राख्र्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande