
कोलकाता, 08 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहीवार मालदा जिल्लाको मानिकचकको भ्रमण गरी बाढ़ी एवं गङ्गा नदीको कटाउबाट प्रभावित मानिसहरूलाई ठूलो राहत प्रदान गरे। निर्धारित समयभन्दा लगभग एक घण्टा ढिलो पुगेका मुख्यमन्त्रीले जिल्लाका बाढ़ी पीड़ितहरूको साथमा आफू दृढतापूर्वक उभिएको स्पष्ट सन्देश दिए। मानिकचक बीएसएस हाई स्कूलको मैदानमा आयोजित कार्यक्रममा उनले नदीको कटाउ र बाढ़ीका कारण घरबारविहीन भएका 24,595 जना मानिसहरूलाई नयाँ घर बनाउनको लागि आर्थिक सहयोग प्रदान गरे।
मञ्चबाट मुख्यमन्त्रीले रिमोटको बटन थिचेर यस पुनर्वास परियोजनाको विधिवत उद्घान गरे। डाइरेक्ट बेनिफिट ट्रान्सफर (डीबीटी) प्रणालीको माध्यमबाट यो आर्थिक सहयोग सोझै लाभार्थीहरूको ब्याङ्क खातामा ट्रान्सफर गरिनेछ।
घोषणा अनुसार जसको घर पूर्ण रूपमा ध्वस्त भएको छ, उनीहरूमध्ये प्रत्येकलाई 1.80 लाख रुपियाँ दिइनेछ। साथै जसको घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ, उनीहरूलाई 90 हजार रुपियाँ सहयोग दिइने छ।
यस अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो बातबाट केही पीड़ितहरूलाई राहत सामग्री र दुर्गा पूजाको उपहार पनि हस्तान्तरण गरे। जनसभालाई सम्बोधन गर्ने क्रममा उनले अघिल्लो सरकारमाथि लक्षित गर्दै भने, विगत 50 वर्षदेखिको कसैले पनि यी पीड़ितहरूको बारेमा सोचेनन्। यिनीहरूको पीड़ालाई कम गर्नको लागि धरातलीयस्तरमा कुनै काम गरिएन। मैले भने पहिलो दिनदेखिकैयिनीहरूको चिन्ता गर्दै आएको छु।
जनतालाई आश्वस्त पार्दै मुख्यमन्त्रीले भने, मुख्यमन्त्रीले भाषण मात्र दिएर आफ्नो जिम्मेवारीदेखि पन्सिन खोजिरहेको छ भन्ने कुरा कसैले पनि नसोचुन्। हेलिकप्टरबाट यहाँ आउँदा मैले 20 मिनटसम्म प्रत्येक ध्वस्त भएको गाउँ, भत्किएको सड़क र क्षतिग्रस्त बाँधको हवाई सर्वेक्षण गरेको छु। मैले मेरो मोबाइल फोनबाट यसको भिडियो पनि बनाएको छु। तपाईँहरू सबैलाई यो पीडा अनि दुःखबाट मुक्त गर्ने प्रतिज्ञा लिएर म आज कोलकाता फर्किनेछु।
कार्यक्रमको अन्तमा उनले बताए, यो जनसभा सिद्धिनसाथ उनी रतुवा र मानिकचक क्षेत्रमा बाढी र क्षरणको चिरस्थायी समाधानका लागि महत्वपूर्ण प्रशासनिक बैठकको अध्यक्षता गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा