राज्यपाल माथुरसँग ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमको प्रतिनिधिमण्डलको शिष्टाचार भेट
राज्यपालसँग बासका प्रतिनिधिमण्डल


गान्तोक, 08 अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग बिहीबार लोकभवनमा ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमका अध्यक्ष जेकब खालिङ, गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। प्रतिनिधिमण्डलमा एसोसिएसनका कार्यकारी सदस्यहरू पनि सहभागी थिए।

लोक भवनका अनुसार, भेटका क्रममा प्रतिनिधिमण्डलले आगामी नोभेम्बरमा आयोजना हुने ४९औँ योनेक्स सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप (अन्डर १९) मा मुख्य अतिथिका रूपमा सहभागी हुन राज्यपाल माथुरलाई औपचारिक निमन्त्रणा दियो।

सिक्किममा पहिलोपटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुन लागेको हो। यस प्रतियोगिताको आयोजना गर्दै सिक्किमले पहिलोपटक राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिताको आतिथ्य गर्न लागेको जनाइएको छ।

राज्यपाल माथुरले राष्ट्रिय च्याम्पियनसिपको सफल आयोजनाका लागि ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमलाई शुभकामना व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande