साउदी अरबका रियाद र आभा विमानस्थलमा हुती हमला, तीन जनाको मृत्यु, ३६ घाइते
सांकेतिक।


रियाद, 0८ अक्टोबर (हि.स.)। इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरबका दुई विमानस्थललाई निशाना बनाएका छन्। आभा अन्तरराष्ट्रिय विमानस्थलमा भएको हमलामा दुई महिलाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। यसैगरी, रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको हमलामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

गल्फ न्युजको रिपोर्टअनुसार, सामान्य नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले मंगलबार र बुधबार साउदी अरबका दुई विमानस्थलमा भएका हुती हमलामा तीन जनाको मृत्यु र ३६ जना घाइते भएको जनाएको छ।

जीएसीएको बयानअनुसार, आभा विमानस्थलमा भएको हमलामा मोरक्को र अल्जेरियाका एक-एक महिलाको मृत्यु भएको थियो। उक्त हमलामा २८ जना साउदी नागरिक तथा विदेशी बासिन्दा घाइते भएका छन्। आभा र किङ खालिद विमानस्थलमा क्रमशः ६ र ७ अक्टोबरमा हमला भएको थियो।

आभा विमानस्थलमा घाइते हुनेमा साउदी नागरिकसँगै बंगलादेश र फिलिपिन्सका दुई बासिन्दा पनि रहेका छन्। किङ खालिद विमानस्थलमा घाइते भएका आठ जनामध्ये पाँच साउदी नागरिक, दुई इजिप्टका बासिन्दा र एक पाकिस्तानी नागरिक रहेका छन्। सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

दुवै हमलामा सम्पत्तिमा समेत क्षति पुगेको जनाइएको छ। यद्यपि, जीएसीएले क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन। यसबाहेक साउदी अरबका केही अन्य शहरमा भएका हुती हमलामा थप १३ जना घाइते भएको जनाइएको छ।


 rajesh pande