माटिगाड़ा परिवहन नगरमा नयाँ बस टर्मिनसको शिलान्यास
मंत्री शंकर घोष और राज्य मंत्री आनंदमय बर्मन  संयुक्त रूप से शिलान्यास करते हुए


सिलगढ़ी, 08 अक्टोबर (हि.स.)। माटिगाड़ा परिवहन नगरमा नयाँ बस टर्मिनसको बिहीवार शिलान्यास गरिएको छ। पश्चिम बङ्गाल सरकारका पर्यटन तथा संसदीय मामिला मन्त्री डा शङ्कर घोष र वित्त तथा यातायात विभागका राज्यमन्त्री आनन्दमय बर्मनले संयुक्त रूपमा शिलान्यास गरे। सिलगढ़ी जलपाईगुडी विकास प्राधिकरण (एसजेडीए)- को पहलमा उक्त बस टर्मिनस निर्माण गरिनेछ।

जानकारी अनुसार परिवहन नगरको लगभग 30 प्रतिशत जमीनमा नयाँ बस टर्मिनस निर्माण हुनेछ। यो सञ्चालनमा आएपछि शहरका विभिन्न भागमा बसको चाप कम हुने र ट्राफिक जामको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ।

शिलान्यासपछि मन्त्री शङ्कर घोषले भने, सिलगढ़ी जङ्क्शनमा अवस्थित वर्तमान बस स्ट्यान्ड हाल सञ्चालनमा रहनेछ। माटिगाड़ाको नयाँ टर्मिनस पूर्ण रूपमा सञ्चालनमा आएपछि जङ्क्शन बस स्ट्याण्डको बारेमा निर्णय लिइनेछ। यसबाहेक नौकाघाटस्थित सानो बस स्ट्याण्डलाई अधिक प्रभावकारी रूपमा उपयोग गर्ने योजना पनि बनाइँदैछ।

यसरी नै राज्यमन्त्री आनन्दमय बर्मनले परिवहन नगरलाई केन्द्रमा राखेर आगामी दिनमा अन्य योजनाहरूमाथि पनि ताम गरिने बताए। नयाँ बस टर्मिनसको थालनीले शहरका प्रमुख सड़कहरूमा बसहरूको दबाब कम हुने र ट्राफिक प्रणालीलाई अझ व्यवस्थित बनाउन सकिने अपेक्षा गरिएको छ। शहरको यातायात प्रणालीलाई आधुनिक अनि सुव्यवस्थित बनाउन केही पूर्वाधार परियोजनाहरूलाई कार्यान्वयन गर्ने दिशामा पहल गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande