'इमरान खानलाई लामो मार्चबाट राहत मिल्ने छैन’- आसिफको चेताउनी
पाकिस्तान के रक्षामंत्री ख्वाजा आसिफ जियो न्यूज से बात करते।


इस्लामाबाद, 0९ अक्टोबर (हि.स.)। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले लामो मार्चमार्फत सरकारमाथि दबाउ सिर्जना गर्ने रणनीति जारी राखेमा पार्टीका नेता तथा अपदस्थ प्रधानमन्त्री इमरान खानलाई कुनै राहत नदिइने चेताउनी दिएका छन्। उनले सरकार दबाउसामु नझुक्ने स्पष्ट पारेका छन्। साथै, उनले इमरान खानको पार्टी पीटीआईमाथि प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) सँग मिलेर काम गरिरहेको आरोप लगाएका छन्।

‘द न्युज’ को रिपोर्टअनुसार, देशको राजधानी इस्लामाबादस्थित संसद भवनमा जियो न्युजसँगको अन्तर्वार्तामा आसिफले भने, “पीटीआईले टीटीपीसँग मिलेर पाकिस्तानविरुद्ध युद्धको घोषणा गरेको छ।” उनले लामो मार्च निकालेर सरकारलाई दबाउमा पार्न सकिन्छ भन्ने सोच पार्टीको “कोरा कल्पना” मात्र रहेको बताए। उनले भने, “सरकार कुनै पनि हालतमा उनीहरूको दबाउमा पर्नेछैन।” आसिफले प्रत्येक दुई-तीन महिनामा “इस्लामाबादमाथि आक्रमण गर्नु” पीटीआईको बानी बनिसकेको पनि बताए। उनले टीटीपी र त्यसलाई संरक्षण गर्ने अफगान पक्षप्रति पीटीआईको धारणामाथि समेत प्रश्न उठाए।

अफगान तालिबान नेतृत्वको उल्लेख गर्दै उनले भने, “टीटीपी वा त्यसलाई समर्थन गर्नेहरूविरुद्ध उनीहरूको कुनै एउटा वक्तव्य देखाऊ।” उनले काबुलका शासकहरू टीटीपीका संरक्षक रहेको आरोप लगाए। आतंकवादीहरूलाई आर्थिक सहयोग प्राप्त भइरहेको र उनीहरू खैबर पख्तुनख्वाका धेरै जिल्लामा खुलेआम बसिरहेको पनि उनले दाबी गरे। ती क्षेत्रमा प्रान्तीय सरकारको नभई आतंकवादीहरूको प्रभाव चलिरहेको उनको भनाइ थियो। उनले प्रश्न गरे, “के खैबर पख्तुनख्वाका वर्तमान मुख्यमन्त्री त्यहाँ हुनुहुन्न?”

रक्षामन्त्रीले यस अवस्थालाई “देश र पाकिस्तानप्रतिको बेइमानी” को संज्ञा दिए। आसिफले पीटीआईलाई वार्ताको टेबलमा आउन, घर फर्किन र खैबर पख्तुनख्वाका मामिलामा ध्यान दिन आग्रह गरे। उनले भने, “वार्ताको टेबलमा आउनुहोस् र घर फर्कनुहोस्। आफ्नो प्रान्तको ख्याल गर्नुहोस्।” साथै, उनले पार्टीलाई आतंकवादीहरूलाई समर्थन गर्न बन्द गर्न र उनीहरूलाई दिइने आर्थिक सहयोग रोक्न आग्रह गरे। उनले भने, “हतियारको बलमा आफ्ना माग पूरा गराउन सकिन्छ भन्ने सोच त्याग्नुहोस्।”

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande