काठमाडौँमा २० किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ
काठमांडू से बरामद सोना


काठमाडौँ, 0९ अक्टोबर (हि.स.)। नेपाल पुलिसले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट २० किलोभन्दा बढी सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको पुलिस टोलीले विशेष सूचनाका आधारमा उक्त कारबाही गरेको हो। बरामद सुनसहित तीन जना चिनियाँ नागरिकलाई पनि पक्राउ गरिएको छ।

पुलिसका अनुसार, बरामद सुनमध्ये ११ किलो सुन तयारी अवस्थामा फेला परेको थियो भने १० किलोभन्दा बढी सुन प्रशोधनको तयारीमा राखिएको थियो। पुलिसले यस मामिलामा विस्तृत अनुसन्धान भइरहेको र यति ठूलो परिमाणमा भइरहेको सुन तस्करीमा को-को संलग्न छन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।

हाल तस्करीको सुनसहित पक्राउ परेका तीनै जना चिनियाँ नागरिकसँग गहन सोधपुछ भइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande