जमीनको विवादमा दुई पक्षको झड़प, एकजना महिला सहित दश जना घाइते
जमीनको विवादमा दुई पक्षको झड़प, एकजना महिला सहित दश जना घाइते


कोलकाता, ०1 नोभेम्बर (हि.स.)। नादिया जिल्लामा तेहट्टाको होगलबेड़िया क्षेत्रमा भूमि विवादलाई लिएर आइतवार दुई पक्षबीच हिंसात्मक झड़प भएको छ। यस अवधि धारिलो हतियार, लौरो र बाँसको भाटाले हमला गरेको प आरोप लगाइएको छ। दुवै पक्षका करिब 10 जना मानिसहरू घाइते भएका छन्। घटनाको समयमा हावामा गोली चलाइएको आरोप पनि लागेको छ। घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई कृष्णनगरमा सारिएको छ। अन्य घाइतेहरूको करिमपुर ग्रामीण अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय सूत्अर नुसार होगलबेडियाको कालिगङ्गी गाउँमा करिब 12 बिघा जमीनलाई लिएर दुई पक्षबीच लामो समयदेखि विवाद रहेको थियो। यो मुद्दा अहिले विचाराधिन छ। दुवै पक्षले जमीनमा आफ्नो दाबी गर्दै आएका छन्। एउटा पक्षको नाममा जमीनको रेकर्ड छ र उसले त्यहाँ खेती पनि गर्छ भने अर्को पक्षले उक्त 12 बिघा जमीन स्वतन्त्रतापूर्वको कागजको आधारमा आफ्नो रहेको र अवैध रूपमा कब्जा गरिएको दाबी गरेको छ।

भनिन्छ, आइतवार एउटा पक्ष पुरानो कागजको आधारमा जग्गा कब्जा गर्न आइपुग्यो। यस अवधि जमीनको रेकर्डमा नाम दर्ता गराउने पक्षले विरोध गऱ्यो। त्यसपछि दुवै पक्षबीच झगडा शुरु भयो जुन झड़पमा परिणत भयो। झगड़ा हुँदै गर्गा हावामा गोली चलाइएको आरोप लगाइएको छ। मानिसहरूलाई धारिलो हतियारले आक्रमण गर्नुको साथै लाठी र बाँसको भाटाले पनि कुटपिट गरियो। घटनामा महिला सहित करिब 10 जना मानिसहरू घाइते भएका छन्। घाइते पक्षका एकजना युवकले सबै कानुनी र वैध कागजहरू भए पनि अर्को पक्षका मानिसहरूले योजनाबद्ध तरिकाले आक्रमण गरेको आरोप लगाए। उनले विरोध गर्दा कुटपिट गरेको बताउँदै अभियुक्तहरूविरुद्ध कारबाहीको माग गरेका छन्।

एक पक्षबाट उजुरी दर्ता गरिएको पुलिसले जनाएको छ। घटनाको अनुसन्धान शुरु गरिएको छ। यस मामिलामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।

घटनापछि उक्त क्षेत्रमा तनाउ व्याप्त छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande