
खरसाङ, 01 नोभेम्बर (हि.स.)। तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरन क्लबको आयोजनामा भइरहेको नगराशि फुटबल टुर्नामेन्टमा नर्थ बेंगाल एफसी र बाघडोगरा एफसी सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। आइतवार दुईवटा क्वार्टर फाइनल खेलहरु सम्पन्न भए।
पहिलो क्वार्टर फाइनल खेल दार्जिलिङ युनाइटेड एफसी र नर्थ बेंगाल एफसीमाझ सम्पन्न भयो। यस खेलको प्रथम हाफको समयमा नर्थ बेंगाल एफसीको तर्फबाट जर्सी नम्बर 6 देवजीत रोयले गोल गरेर बढत बनाएका थिए। यही गोलको दममा नै नर्थ बेंगाल एफसी सेमीफाइनलमा प्रवेश गर्न सफल बन्यो। नर्थ बेंगाल एफसीका कप्तान जर्सी नम्बर 12 सौमिक सरकारलाई म्यान अफ् म्याच घोषित गरिएको छ।
त्यसरी नै दोस्रो खेल मकैबारी एफसी र बाघडोगरा एफसीमाझ सम्पन्न भयो। यस खेलमा पेनल्टी शुट आउटमा बाघडोगरा एफसीले 3-0 को अन्तरले जितेर सेमिफाइनलमा प्रवेश गरेको छ। बाघडोगरा एफसीको कप्तान जर्सी नम्बर 8 नाइडु तामाङलाई प्रदान गरियो।
यस दुईवटा क्वार्टर फाइनल खेलमा अतिथिको रुपमा हनोक थापा, जितेन गजमेर र रोहिणी पाइलाधुरा फुटबल क्लबका पदाधिकारीहरु उपस्थित रहेका थिए।
यस दुईवटा क्वार्टर फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नयाँ कमान भेटरन क्लबको तर्फबाट सल्लाहकार धिरेन प्रधानले जानकारी गराए अनुसार, यस फुटबल टुर्नामेन्टको सेमिफाइनल खेल आगामी 7 र 8 नोभेम्बरमा हुनेछ भने फाइनल 15 नोभेम्बरमा हुनेछ। विजेतालाई ट्रफीसहित एक लाख र उप विजेतालाई ट्रफीसहित पचास हजार नगदराशि पनि प्रदान गरिने छ।
---------------
हिन्दुस्थान समाचार / हनोक