
गान्तोक, 01 नोभेम्बर (हि.स.)। सिक्किम स्टेट बडीबिल्डिङ एसोसिएशनको आयोजनामा २५औँ मिस्टर सिक्किम तथा आठौँ पुरुष र महिला फिजिक च्याम्पियनशिप २०२६ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
सङ्घले प्रतियोगिताको सफल आयोजनामा सहयोग, मार्गदर्शन र प्रोत्साहन प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेको छ। यसैगरी, एसकेएम पार्टीको अखिल सिक्किम युवा सङ्गठनका अध्यक्ष लाक्पा मोक्तान जोजोप्रति पनि धन्यवाद व्यक्त गरेको छ।
प्रतियोगिताको आयोजना गर्ने क्रममा विभिन्न चुनौती र कठिनाइ सामना गर्नुपरे पनि सामूहिक प्रयास, समर्पण, सहकार्य तथा शुभचिन्तकहरूको सहयोगले कार्यक्रम सफल भएको सङ्घले जनाएको छ। सङ्घले प्रतियोगितालाई सफल बनाउन योगदान पुर्याउने खेलाडी, सहभागी, प्रायोजक, पदाधिकारी, कार्यसमिति सदस्य, स्वयंसेवक तथा समर्थकहरूप्रति आभार व्यक्त गरेको छ।
यसैबीच, प्रतियोगितामा दिल्लीस्थित प्रथम बटालियन भारतीय आरक्षी वाहिनीका प्रदीप राईले २५औँ मिस्टर सिक्किम २०२६ को उपाधि जितेका छन्। सङ्घले उनलाई यस उपलब्धिका लागि बधाई दिँदै प्रतियोगिताको सफलतामा योगदान गर्ने सबैप्रति पुनः धन्यवाद व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल