
सोनादा, 01 नोभेम्बर (हि.स.)। सोनादा खोङ खोला निवासी स्वर्गीय छेबी भोटियाका छोरा तेन्जिङ भोटिया प्रतिष्ठित केन्द्रिय गृहमन्त्री दक्षता पदक 2026 का लागि छनोट भएका छन्। उनी हाल मालबजारको क्रान्ति पुलिस थाना प्रभारीको रूपमा कार्यरत छन्। उनलाई अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्यका लागि यो सम्मान प्रदान गरिने भएको हो।
भारत सरकारको गृह मन्त्रालयद्वारा प्रदान गरिने यो पदक पुलिस र सुरक्षा कर्मीहरूको अनुसन्धान, विशेष अभियान, गुप्तचर र फोरेन्सिक विज्ञानमा उत्कृष्ट कार्यलाई मान्यता दिन्छ। यो पुरस्कार 2024 मा स्थापना गरिएको थियो र प्रत्येक वर्ष 31 अक्टोबर मा सरदार वल्लभभाई पटेलको जन्मजयन्तीको अवसरमा घोषणा गरिन्छ।
---------------
हिन्दुस्थान समाचार / हनोक