निर्यात कपड़ाको कम्पनीमा भीषण आगलागी, अग्नि विभागले फसेका दुई जनालाई सकुशल बाहिर निकाले
घटना की जानकारी देते हुए सीएफओ नोएडा


नोएडा, 10 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको नोएडामा सोमवार मध्य राती थाना सेक्टर- 63 क्षेत्रमा रहेको एउटा एक्सपोर्ट गार्मेन्ट कम्पनीमा सोमवार मध्यरातमा भयानक आगलागी भएको छ। दमकल विभागका आठ वटा वाहनहरू घटनास्थलमा पुगे अनि एक घण्टाको सङ्घर्षपछि आगोलाई नियन्त्रित गरे। आगलागीमा केही मानिसहरू फसेका थिए जसलाई सुरक्षित रूपमा बाहिर निकालियो।

मुख्य दमकल अधिकारी प्रदीपकुमार चौबेले बताए, सोमवार मध्यरातमा ए-4 सेक्टर 63 मा रहेको गार्मेन्ट एक्सपोर्ट कम्पनीमा आगलागी भएको र केही मानिसहरू त्यसमा फसेको सूचना फायर ब्रिगेडलाई प्राप्त भयो। द्रूत गतिमा कारबाही गर्दै आठ वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। करिब एक घण्टाको अपरेशनपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको उनले बताए। कम्पनीको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो। शुरुमा दुई जना फसेको बताइएको थियो। 41 वर्षीय विक्की र 26 वर्षीय अरुण पहिलो तलाको कम्पनीभित्र सुतिरहेका थिए। उनीहरू आगोमा फसेका थिए। उनीहरूलाई जीवितै उद्धार गरियो। दीपावली पर्वलाई ध्यानमा राख्दै विभिन्न स्थानमा फायर ब्रिगेडका गाडीहरू तैनाथ गरिएको उनले बताए जसको फाइदा भयो, तुरुन्तै गाडीहरू घटनास्थलमा पुगे। कुलिङ डाउन प्रक्रिया जारी रहेको उनले जानकारी दिए। आगलागीको कारण र आगलागीबाट भएको क्षतिको मूल्याङ्कन भइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande