
राजगढ़, १० नोभेम्बर (हि.स.)। मध्य प्रदेशको राजगढ़ जिल्लाको बोड़ा थाना पुलिसले मंगलवार कडियासांसी गाउँमा छापा मारेर चोरीको मामिलामा विगत ८ वर्षदेखि फरार रहेका स्थायी वारेन्ट जारी भएका व्यक्तिलाई पक्राउ गरेको छ। आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि आरोपीलाई राजस्थान पुलिसको जिम्मा लगाइएको छ।
थाना प्रभारी देवेन्द्रसिंह राजपूत अनुसार, कडियासांसी गाउँ निवासी भारतसिंह सांसीका छोरा यशवन्त उर्फ कालू सांसी विरुद्ध राजस्थानको झालावाड जिल्ला स्थित सुनेल थानामा भारतीय दण्ड संहिताको धारा ३८० र १२०-बी अन्तर्गत मुद्दा दर्ता भएको थियो। उनी लामो समयदेखि फरार थिए। उनको गिरफ्तारीका लागि सुनेल अदालतले स्थायी वारेन्ट जारी गरेको थियो।
गोप्य सूचनाका आधारमा पुलिसले कडियासांसी गाउँमा कारबाही गरी यशवन्त सांसीलाई नियन्त्रणमा लिएको हो। कानूनी प्रक्रिया पूरा गरेपछि उनलाई अदालतमा पेश गर्नका लागि सुनेल थाना पुलिसको जिम्मा लगाइएको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी