
कोलकाता, १० नोभेम्बर (हि.स.)। महानगर स्थित एक सैन्य आवासीय परिसरमा सैन्य अधिकारीकी नाबालिग छोरीमाथि कथित रूपमा दुर्व्यवहार गरेको आरोपमा एक जवान पक्राउ परेको छ। पीड़ितकी आमाले दिएको उजुरीका आधारमा हेस्टिङ्स थानाको पुलिसले सोमवार आरोपीलाई पक्राउ गरेको हो।
पुलिस अनुसार, घटना नोभेम्बर ५ मा आवासीय परिसरभित्रको पार्कमा भएको थियो। त्यतिबेला बालिका अन्य बालबालिकासँग खेलिरहेकी थिइन्। परिसरमा सुरक्षाकर्मीका रूपमा खटिएका जवानले बालिकामाथि अश्लील व्यवहार गरेको र विरोध गर्दा जबरजस्ती उठाएर दुर्व्यवहार गरेको आरोप छ। घटनामा बालिकाको ओठमा गम्भीर चोट लागेको बताइएको छ।
बालिका चिच्याएको सुनेपछि अन्य सुरक्षाकर्मी घटनास्थल पुगे। सीसीटीभी फुटेज र सुरक्षाकर्मीहरूको बयानका आधारमा आरोपीको पहिचान गरिएको पुलिसले जनाएको छ। बालिकाको एसएसकेएम अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ भने उनका कपड़ा फरेन्सिक जाँचका लागि जफत गरिएको छ।
आरोपी जवानलाई अदालतमा पेश गरेपछि थप सोधपुछका लागि पुलिस हिरासतमा पठाइएको छ। घटनाको अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी